भरतपुर विमानस्थल खुल्यो

चितवन – भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ ।…