काठमाडौं— सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा निरज श्रेष्ठ नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले उनलाई ४ वर्षका लागि सिईओमा नियुक्त गरेको हो। सनराइजबाट रत्नराज बज्राचार्य बाहिरिएपछि सिईओ पद खाली रहँदै आएको थियो। बैंकमा डेपुटी सीईओको रुपमा काम गर्दै आएकी आशा राणालाई कामयमुकायम दिइएको थियो। श्रेष्ठ भने माछापुच्छ्रे बैंकबाट बाहिरिएका थिए। आफ्नो कार्यकाल समाप्त…