नेपालमा व्यवसायीले कमाएको देख्न नसक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यवसायीले कमाएको देख्न नसक्ने नकारात्मक सोच अन्त्य हुनुपर्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई हतोत्साहित गर्ने प्रवृत्तिले देशको आर्थिक विकासमा प्रत्यक्ष असर पार्ने चेतावनी दिए । उनले भने, ‘निजी क्षेत्र देशको अर्थतन्त्रको ८१ प्रतिशत योगदान र ८६…