काठमाडौं -ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयसम्बद्ध क्षेत्रका लागि दीर्घकालीन कार्ययोजना ल्याउने भएको छ । त्यसका लागि मन्त्रालयले विज्ञहरुको समूह बनाई कार्ययोजना तयार पार्न लागिपरेको मन्त्रालयस्रोतले जानकारी दिएको छ । ऊर्जामन्त्री वर्षमान पुनले सरकारको भावनाअनुरुप तत्काल लोकप्रिय हुने कार्यक्रमतर्फ नभई मुलुकको आर्थिक क्षेत्रमा दीर्घकालीन रुपमा फाइदा पु¥याउने नीति बनाउनेतर्फ ध्यान दिन लागेको बताएका हुन् ।…