२६३५मा झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १३ अंकले घटेर परिसुचक २६३५मा पुगेर रोकियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा यसदिन ५ अर्ब १७ करोडको कारोबार भयो । कारोबारमा आएका ६२ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने १० को स्थिर रह्यो…