काठमाण्डु- नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएपछि डेपुटी गभर्नरहरूको कार्यविभाजन भएको छ । गभर्नर पौडेलले डेपुटी गभर्नरद्वय निलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्य विभाजन गरेका हुन् । कार्यविभाजन अनुसार ढुंगानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना…