भारतले अमेरिकासँग हतियार र विमान नकिन्ने, रक्षामन्त्रीको भ्रमण पनि स्थगित

काठमाण्डु - नयाँ दिल्लीले अमेरिकाबाट नयाँ हतियार र विमान खरिद गर्ने आफ्नो योजना स्थगित गर्दै रक्षामन्त्री राजनाथ सिंहको अमेरिका भ्रमण पनि स्थगित गरेको छ । भारतीय अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा लगाएको निर्यात शुल्कका कारण दुई देशबीचको सम्बन्ध दशकौँमै सबैभन्दा न्यून स्तरमा पुगेको पृष्ठभूमिमा आएको यो कदमलाई भारतको पहिलो ठोस असन्तुष्टिको संकेतको रूपमा…