काठमाण्डु - दुबईबाट काठमाण्डु आउँदै गरेको फ्लाई दुबईको विमान भारतको लखनऊमा आपतकालीन अवतरण गराइएको छ। शनिबार बिहान ८ बजेर २२ मिनेटमा विमान संख्या एफजेड–११३३ नम्बरको उक्त विमानलाई लखनऊस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ । विमानमा इन्धन कम भएका जनाइएको छ । विमानमा १५४ जना यात्रु सवार…