काठमाण्डु - इरानसँग संयुक्त राज्य अमेरिका र इजरायलकाे युद्धका कारण विश्वभर इन्धनको अभाव भएकाे छ । अमेरिका र इजरायलले गत महिना इरानमा आक्रमण गर्न थालेयता विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै संकट उत्पन्न भएको छ । इन्धनको संकट उत्पन्न भएपछि यसको बचत गर्ने उद्देश्यले श्रीलंका, फिलिपिन्स, म्यानमार, भियतनाम, थाइल्यान्ड, जापानसहितका देशले विभिन्न उपाय अपनाउन थालेका छन्…