विक्रमासिंघे बने श्रीलंकाको कार्यवाहक राष्ट्रपति

एजेन्सी - श्रीलंकाको कार्यवाहक राष्ट्रपतिमा प्रधानमन्त्रीसमेत रहेका रनिल विक्रमासिंघे नियुक्त भएका छन् । संसदका सभामुखका अनुसार श्रीलंकाको संविधानको धारा ३७(१) बमोजिम विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेको हो । पछिल्लो समय संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट सबै घोषणाहरू भइरहेका छन् । रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति बनेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ भने पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ…