भारत र चिनियाँ विदेशमन्त्रीबीच ७५ मिनेट टेलिफोन वार्ता, के भयो कुराकानी ?

एजेन्सी – चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ । दुईदेशबीच सीमा विवाद चर्किरहेका बेला शुक्रबार करिब ७५ मिनेट कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रमा सैन्य फौज घटाउने र तनाव कम गर्ने विषयमा भएको छलफल भएको जनाएको छ ।…