काठमाण्डु -उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धलाई समर्थन गर्न रुसमा थप सेना पठाएको बताइएकाे छ । बुधबार दक्षिण कोरियाको जासुसी एजेन्सीले उत्तर कोरियाले रुस–युक्रेन मोर्चामा तैनाथ आफ्ना सैनिकहरूको ठूलो क्षति भएपछि रुसमा थप सेना पठाएको बताएको हाे । राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) ले एक विज्ञप्तिमा उत्तर कोरियाले रुसमा कति सैनिक तैनाथ गरेको छ भनेर यकिन गर्ने…