एजेन्सी – पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरूद्ध शुक्रबार लाहोर उच्च अदालतमा पुनरावेदन दर्ता गरेका छन् । उनलाई विशेष अदालतले यही डिसेम्बर १९ मा पाकिस्तानको संविधानको धारा ६ अनुसार देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो । पूर्व सैनिक शासक मुशर्रफले आफूमाथि प्रतिशोधका कारण उक्त फैसला आएको धारणा आफ्ना वकीलमार्फत् यस अघि नै राखिसकेका…