एजेन्सी –इन्डोनेसियाले आठ कन्टेनर फोहर अस्ट्रेलिया फर्काउने घोषणा गरेको छ । ब्रिसबेनबाट जुन महिनाको मध्यमा कन्टेनर इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा आइपुगेको थियो । त्यसमा रिसाइकल गर्न योग्य कागजजन्य फोहर मात्र भएको मानिएको थियो तर निरीक्षकहरूले त्यसमा घरेलु र विद्युतीय फोहर, तेल, प्लास्टिक बोतल र डायपर पनि भेटाएका थिए । इन्डोनेसियाको कानूनअनुसार संक्रमण गराउने तत्त्व…