प्रधानमन्त्रीमा उम्मेदवारी दिने थाई राजकुमारीको घोषणा

काठमाडाैं–थाई राजकुमारी उबोलरतनाले  प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन्।  उनले आगामी मार्च महिनामा हुने आमचुनावमा थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गरेकी हुन्। थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्र विरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न…