विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउनेछु : परराष्ट्रसचिव लम्साल

काठमाण्डु - नवनियुक्त परराष्ट्रसचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा पद बहाली गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरेकी हुन् । 'मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ…