परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । मन्त्री डा. राणा देउवासँग भेट भएको तस्बिर सार्वजनिक गर्दै राजदूत सोङले भेटघाट भएको र बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको उल्लेख…