सभामुख घिमिरेसँग कतारका राजदूतको बिदाइ भेट

काठमाण्डु- सभामुख देवराज घिमिरेसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आइतबार बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध, नेपाली श्रमिकको रोजगार सुरक्षा, व्यापार, उड्डयन, संसदीय आदान प्रदान लगायतका विषयमा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सात वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेका…