काठमाण्डु – सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेकी परराष्ट्रसचिव सेवा लम्सालविरुद्ध कार्यवाहक राजदूतले उजुरी दिएका छन् । इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासका राजदूत कुमारबहादुर श्रेष्ठले लम्सालले कर्मचारीमाथि सहसचिव हुँदादेखि नै विभेद गरेको दृष्टान्तसहित संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन् । सरकारले सचिव लम्साललाई राजदूतमा सिफारिस गरेर संसदीय सुनुवाई समितिमा सुनुवाइका लागि पठाएको थियो । समितिले…