काठमाडौं–उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ)का राजदूत सइद हममन अल नाक्बीले शिष्टाचार भेट गरेका छन्। उपप्रधानमन्त्रीले पोखरेलले नेपाल र युएइबीच विगत चार दशकदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्ध आगामी दिनमा अझ बढी प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे। भेटघाटका क्रममा उपप्रधानमन्त्रीले झण्डै दुई लाखको हाराहारीमा आप्रवासी नेपाली…