काठमाडौं- बिहीबार निधन भएका भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयको अन्तेष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत पुगेका छन्। परराष्ट्र मन्त्रालयका एक सहसचिवसहित ज्ञवाली शुक्रबार बिहान भारत गएका हुन्। यसैगरी नेपाली कांग्रेसले कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई पठाएको छ । बाजपेयीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई…