काठमाडौं– नेपाल भ्रमणमा रहेका बेलायतका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्यानकास्टरले राजनीतिक भेटवार्ता तीव्र पारेका छन्। एक सातादेखि नेपाल भ्रमणमा रहेका ल्यानकास्टरले मंगलबार मात्र प्रमुख तीन राजनीतिक दलका अध्यक्षहरुसँग भेटवार्ता गरेका छन्। मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।…