दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र कम्बोडियाबीच हवाई सम्झौतामा हस्ताक्षर हुंदै

काठमाडौं - नेपाल र दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाबीच हवाई सेवा आदानप्रदान गर्न प्रारम्भिक चरणको सम्झौतामा बिहीबार आज हस्ताक्षर हुने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनको उपस्थितिमा सांझ राजधानीको एक होटलमा दुई देशका नागरिक उड्डयन मन्त्रीले हस्ताक्षर गर्नेछन्। सम्झौतामा दुई देशका एयरलाइन्सले सातामा १४ वटासम्म उडान गर्न पाउने…