काठमाडौं - उपप्रधानमन्त्री एवंम रक्षामन्त्री ईश्वर पोखरेल र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीबीच भेटवार्ता भएको छ । नेपाल–भारतवीच १९५० को शान्ति तथा मैत्रीसन्धिसहितका द्धिपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीले आफ्नो कार्य (साझा प्रतिवेदन) तयार पारे लगत्तै कोशियारीले रक्षामन्त्री पोखरेलसँग भेटघाट गरेका हुन् । पोखरेलको निजी निवास धापासीमा भएको…