सञ्चारमन्त्री तिमिल्सिना र आईटीयू क्षेत्रीय प्रतिनिधिबिच शिष्टाचार भेट

काठमाण्डु – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार संघ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आईटीयू) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबिच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालको डिजिटल प्राथमिकता, समावेशी ‘कनेक्टिभिटी’, दिगो र पहुँचयोग्य सूचना प्रविधि विकास लगायतका विषयमा छलफल भएको थियो…