तनहु-१ मा मतगणना जारी,रास्वपाका स्वर्णिम वाग्लेलाई दोब्बर बढी मतको अग्रता

तनहुँ - तनहुँ–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता कायमै लिएका छन् । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत हिजो सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी रहदा समकक्षी भन्दा दोब्बर मतले वाग्ले अगाडी रहेका हुन । आज बिहान ६ बजेसम्म ९ हजार २ सय ४६ मत गणना हुँदा वाग्लेले ५ हजार १९ मत पाएका छन् भने…