अन्तिम छटपटीमा रहेका प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्री प्रचण्डलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले प्रतिगामीहरू अन्तिम छटपटीमा रहेका बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको परिवर्तन साना दुःखले आएको होइन…