काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको आरोप अस्वीकार गरेका छन् । २ करोडको डिल गरेको सार्वजनिक अडियोमा सुनिएको स्वर आफ्नो नभएको श्रेष्ठले दाबी गरेका हुन् । श्रेष्ठले अनौपचारिक रुपमा सार्वजनिक अडियोबारे आफ्नो स्पष्टीकरण दिदैँ दुर्गा प्रसाईंसमेत आफूले नचिनेको बताए । पार्टीको म्यासेञ्जर ग्रुपमा सन्देश लेख्दै उनले आफू निर्दोष भएको…