संसदीय सुनुवाइ समिति गठन,कुन दलबाट को-को छन् ?

काठमाण्डु - प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरुको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । संसदीय समितिमा नेपाली कांग्रेसको तर्फबाट रमेश लेखक,ईश्वरी देवी न्यौपाने,जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट पदम गिरी,महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहेका छन्…