एमसीसीबारे माओवादीमा मतभेद : अध्यक्ष प्रचण्ड कार्यान्वयनमा तर महासचिव खुलेरै विरोधमा

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी सहयोगको एमसीसी परियोजना कार्यान्वयन गर्नतिर लागेका छन् । आज बुधवारबाट एमसीसी सम्झौता औपचारिक कार्यान्वयन हुँदैछ । पार्टी अध्यक्षले एमसीसी कार्यान्वयनमा लागेका बेला पार्टीकै महासचिव देव गुरुङले एमसीसीको विरोध गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव गुरुङले आजसम्म अमेरिकी एमसीसी कम्पनीले औपचारिक रूपमा,…