काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र खनालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको…