काठमाण्डु- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले एमालेले सहमति छोडेर भागेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत माग्ने क्रममा पौडेलले उक्त आरोप लगाएका हुन्। ‘हामी सहमतिका कुरा गर्छौँ। भएकालाई ठोक्दै हिन्ने, लखेट्दै हिन्ने अनि सहमति हुन्छ? क्याबिनेटबाट हट्नु होस् भनेर कतिखेर भन्नुभयो प्रधानमन्त्रीले? तपाईंहरु नै छोडेर भाग्ने?,’ पौडेलले…