राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले फिर्ता गरेकाे राष्ट्रपति कार्यालयले जानकारी दिएको हाे । 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको…