उपसभामुख निर्वाचन : यस्तो छ प्रतिस्पर्धी भट्टराई र भुसालको राजनीतिक यात्रा

काठमाण्डु – प्रतिनिधिसभाको उपसभामुखका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराई र सत्ता गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएका हुन् । भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी रहेका छन् भने भट्टराईको प्रस्तावकमा सांसद शान्ता चौधरी र समर्थकमा…