काठमाण्डु – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने एकीकृत समाजवादीले जनाएको छ । बैठकका एजेन्डामा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३०…