ललितपुर - ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । नेकपा एमालेका नवराज सिलवाललाई ४ हजार ६१४ मतले हराउँदै राणा सांसदमा निर्वाचित भएका हुन् । राणाले २३ हजार ८९२ मत पाए भने उनका निकटतम प्रतिद्धन्द्धी सिलवालले १९ हजार २७९ मत पाए । यो क्षेत्रबाट २०७४ मा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।…