काठमाण्डु- एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा आफु विमति नहुँने बताएका हुन् । उनले भने, ‘ म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन…