रामकुमारी झाँक्रीको मागः ओली नेतृत्वको सरकारले गरेका निर्णय खारेज गर्नुपर्छ

काठमाण्डु – नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारले गरेका निर्णय खारेज गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने माग गरेकी हुन् । ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन…