काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल पक्षमाथि थप कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् । सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा प्रधानमन्त्री अोलीले पार्टीभित्र गुटबन्दी गर्नेमाथि थप कारबाही गर्ने बताएका छन् । उनले पार्टीमा अलमलिएका, भड्कावपूर्ण चिन्तन र गतिविधिमा संलग्न रहेका…