म प्रधानमन्त्रीको रेसमा छैन, ओली–प्रचण्डबीचको झगडामा फस्न चाहान्नः देउवा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन् । शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको भन्दै प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन् । उनले नेकपाको आफ्नै झगडा चलिरहेकाले आफू त्यसमा नफस्ने…