काठमाण्डु – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचकोा वार्तालाई प्रचण्ड–मावध नेपाल समूहका नेताले स्वागत गरेका छन् । प्रचण्ड–नेपाल समूहका नेता विष्णु रिजालले विप्लवलाई शान्तिपूर्ण दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय मान्नुपर्ने बताए । ‘विप्लव नेतृत्वको नेकपाले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी नेपाल सरकार र उक्त पार्टीबीच सहमति हुनु स्वागतयोग्य छ । समाजलाई…