पोखरा – प्रतिनिधि सभा सांसद विद्या भट्टराईले श्रीमानलाई विदाई गर्न नपाएको कुराले आफुलाई अहिलेसम्म पिरोल्ने गरेको बताएकी छन् । शनिबार पोखरा रवीन्द्र स्मृति प्रतिष्ठानले १८ ग्यार्जट शहीद स्मारकमा रहेको स्वर्गीय रवीन्द्र अधिकारीको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरेको थियो । सोही कार्यक्रममा उपस्थित भएकी सांसदसमेत रहेकी विद्याले सधै आफुले श्रीमानलाई बाहिर जाने बेला बिदाई गर्ने…