काठमाण्डु – सरकारले आगामी वैशाखमा हुने निर्वाचनको तयारी तिव्र बनाएको छ । सोमबार गृहमन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उनले मुलुक प्रतिनिधिसभाको आगामी निर्वाचन तर्फ केन्द्रित भईसकेकोले निर्वाचन सुरक्षाको लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा बैशाख…