काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर उनलाई (शाक्य)चयन गरेको हो । मुख्यमन्त्री पौडेल ओली समूहका हुन् । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ…