पूर्व माओवादीबाट खुलेको ‘फायर’: ओलीको राजीनामा मात्रै एकमात्र समाधान

काठमाण्डु – केही महिना अघिसम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादी खेमाभित्रै संकटबाट गुज्रिरहेका थिए । अत्यन्तै विश्वासपात्र मानिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेरै लागे, ओलीको राजीनामा माग्न नहुने भन्दै प्रचण्डको आलोचना गर्न थाले । पूर्व माओवादी खेमाकै नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’…