ओली र प्रचण्डलाई मिलाउन दोस्रो तहका नेता सक्रिय

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले सक्रियता देखाउन थालेका छन् । बिहीबार बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्ता आरोपप्रत्यारोपमा टुंगिएपछि नेकपाका दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । दुवै अध्यक्षलाई वार्ता र संवादको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै…