काठमाण्डु – नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । केही समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति निजी निवासमा निधन भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए । तीन वर्षअघि प्रतिनिसभा निर्वाचनका समयमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।…