प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनीः मन्त्रालय फुटाए बिरोधमा उत्रिन्छौं

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालय नफुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई आर्थिक भार पार्ने गरी मन्त्रालय नफुटाउन आग्रह गरेका हुन् । नेता पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउने गैरजिम्मेवार प्रवृतिलाई नयाँ संविधानले अन्त गरेको बताए । ‘देशलाई भारमात्र पर्ने…