ललितपुर महानगर र गोदावरी नगरपालिकाका मेयरमा कोरोना संक्रमण

काठमाण्डु – ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका मेयरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनमा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यका नगरपालिका फोरमले शुक्रबार एक विज्ञप्ती जारी गर्दै दुई प्रमुखमा संक्रमण देखिएको पुष्टि गरेको हो ।