नेकपा महाधिवेशनउन्मुख: अध्यक्षका २–३ आकांक्षी हुँदा सहमति कति सम्भव ?

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको शुक्रबार सम्पन्न बैठकले आगामी चैतमा एकताको राष्ट्रिय महाधिवेशन गर्ने निर्णयलाई निरन्तरता दिएको छ । यसअघि दोस्रो केन्द्रीय कमिटी बैठकले समेत चैत २५–३० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । हालै स्थायी कमिटी बैठकबाट पारित प्रस्तावमा ‘पार्टी एकताको भावना एवं मर्म अनुरूप सहमतिका साथ महाधिवेशन…